image
image

ऋणपत्र निष्कासनको तयारीमा गरिमा विकास बैंक 

काठमाडौँ १० मङ्सिर । गरिमा विकाश बैंकले ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ ।बैंकले मङ्सिर १६ गते देखि १ अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले जारी गरेको  १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५% गरिमा विकास बैंक डिबेन्चर २०८५’ मध्ये ४ लाख कित्तामा सर्वसाधारणका लागि हुने बताएको छ । त्यस्तै सर्वसाधारणलाई छुट्याएकोमध्येबाट २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने तयारी गरेको हो ।

मंसिर २० गतेसम्म आवेदन दिन सकिने उक्त ऋणपत्रमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्ने बताईएको छ ।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।