image
image

सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से

काठमाडौँ ११ मङ्सिर । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ । गत साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा झरेको छ ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार घटेपछि, नेप्सेले सो बराबरको अंक गुमाएको हो । यस साता सेन्सेटिभ इण्डेक्स १.२२ प्रतिशत अर्थात ६.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ प्रतिशत अर्थात २.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ प्रतिशत अर्थात ३.३० अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको छ । यस साताको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा २६.९६ प्रतिशत कम हो ।

नेप्से र कारोबार रकमसँगै कुल बजार पूँजीकरण पनि गत साताको तुलनामा घटेको छ । यस साता नेप्सेको यस्तो पूँजीकरण १.५६ प्रतिशत घटेको छ । गत साता ३८ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ६० अर्ब रुपैयाँ घटेर ३८ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।