बाँझो जमिनमा जडीबुटी खेती
काठमाडौँ ११ मङ्सिर ।म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिका-१ मा जडीबुटीबाट मनग्गे आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन्। खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाउन स्थानीयबासीलाई प्रेरित गरेको छ।
गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले यसको व्यावसायिक खेती सुरु गरेका हुन्। खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्ध किसानले उक्त जडीबुटीको खेती सुरु गरेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलोपटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए।
उनले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताए। अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्ने तथा स्वास्थ्यवद्र्धक जडीबुटीका रूपमा मानिन्छ। बजारमा यसकोे माग उच्च रहेकाले गुर्जामा व्यावसायिक खेती थालिएको बताइएको छ।
समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइन्छ। खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो।