राष्ट्रिय बीमा कम्पनीद्वारा प्रमुख कार्यकारी अधिकृतको माग
काठमाडौँ, १२, मंसिर। राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। कम्पनीले आज (आइतबार) एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ। कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि हुनु पर्छ।
आफूले बढेको शैक्षिक योग्यता अनुसार अनुभव १५ बर्षसम्मको अनुभव हुनु पर्छ। आवेदन आगामी १५ दिनभित्र दिनु पर्छ। त्यतिबेलासम्म उमेर ६५ बर्ष नाघेको हुनु हुँदैन।कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक कम्पनीको नियमअनुसार दिने छ। प्रमुख कार्यकारीको छनौट ब्यवसायिक कार्ययोजनाका आधारमा गरिने छ। त्यसपछि अन्तर्वार्ता हुने छ।