कामना सेवा विकास बैंकलाई राष्ट्र बैंकले आफ्ना त्रुटि सुधार गर्न निर्देशन
काठमाडौँ, १२, मंसिर। नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकमा पाँच वटा गम्भीर त्रुटिहरु भेट्टाएको छ। एउटा शीर्षकको कर्जा अर्कैमा दिएको, आन्तरिक लेखा परीक्षण विभागलाई कमजोर बनाएको, राष्ट्र बैंकले गल्ती औंल्याए पनि पटक पटक दोहोर्याउने गरेको भेटिएको छ । राष्ट्र बैंकले वार्षिक साधारणसभाका लागि स्वीकृति दिँदै गर्दा बैंकको त्रुटि तत्काल सुधार गर्न निर्देशनसमेत दिएको छ।
बैंकले व्यक्तिगत आवधिक कर्जाको नाममा रियलस्टेट प्रयोजनका लागि कर्जा दिएको देखिएको छ। रियलस्टेटमा कम प्रतिशत देखाउन बैंकले ओभरड्राफ्टमा ऋण दिएको हो। राष्ट्र बैंकले तत्काल यसलाई सच्याउन निर्देशन दिएको छ। बैंकले श्रम ऐन २०७४ र अन्य प्रचलित कानुनअनुसार संस्थाको कर्मचारी सेवा विनियमावली समायानुकूल संशोधन गरेको भेटिएको छैन। कर्मचारीको श्रम शोषण गरिएको राष्ट्र बैंकले पुष्टि गरेको छ।
यसबाहेक राष्ट्र बैंकले जारी गर्ने सम्पत्ति शुद्धीकरण सम्बन्धी एकीकृत निर्देशनको बुँदा नम्बर १९ लाई पनि पालना नगरेको पाइएको छ। राष्ट्र बैंकले ुसम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नु भनेको छ। बैंकले आन्तरिक लेखा पनि टालटुले ढंगले गरेको पाइएको छ। त्यसैले राष्ट्र बैंकले आन्तरिक लेखापरीक्षण विभागमा पर्याप्त जनशक्तिको व्यवस्था गरी आन्तरिक लेखापरीक्षण कार्यलाई सुदृढीकरण गर्न भनेको छ।
बैंकले कर्जा व्यवस्थापन, ग्राहक पहिचान लगायतका विषयमा आन्तरिक लेखापरीक्षक, बाह्य लेखा परीक्षक तथा राष्ट्र बैंकले औंल्याएको कैफियतहरुलाई दोहोर्याउने गरेको पाइएको छ। यसलाई तत्काल सुधार गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकले कात्तिक २३ गते वार्षिक साधारणसभा गर्दै ०.९७ प्रतिशत नगद लाभांश र १८.५ प्रतिशत बोनस सेयर पारित गरिसकेको छ। बैंकको कुल कर्मचारी खर्च ६२ करोड ३४ लाख रुपैयाँ छ भने कार्यालय सञ्चालन खर्च ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
अध्यक्ष सुदीप आचार्यले प्रति बैठक भत्ता ९ हजारका दरले बुझेका छन्। बाँकी सञ्चालकले ८ हजारका दरले बुझाएका छन्। आचार्य लगायतले ११ लाख भत्ताका साथै यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्चसमेत लिएका छन्। प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले ५८ लाख ७५ हजार रुपैयाँ तलब, भत्ता, बोनस बुझेका छन्। यो कर बाहेक हो। करसहित अझै धेरै हुन्छ।