बजार खुल्नासाथ शेयर बजार राताम्मे
काठमाडौँ, १२, मंसिर । साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ । ११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।
१२ बजे नेप्से ४०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् ।
१२ बजे नेप्से ४०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् ।