image
image
के हो ओमिक्रोन भेरियन्ट, यसबाट संक्रण हुँदा कस्ता लक्षण  देखिन्छन् ?

के हो ओमिक्रोन भेरियन्ट, यसबाट संक्रण हुँदा कस्ता लक्षण  देखिन्छन् ?

काठमाडौँ, १३, मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

एक अन्तरवार्तामा उनले भनिन्, मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्वारा ग्रसित भएको थाहा पायौं ।

त्यसपछि हामीले उनको पूरा परिवारको परीक्षण गरायौं । पूरा परिवारमा पोजेटिभ देखियो । सबैलाई निकै साधारण लक्षण थिए । उनीहरुलाई खोकीको समस्या थिएन न नै उनीहरुको स्वाद वा गन्ध महसुस गर्ने क्षमता कम भएको थियो । उनीहरुमा निकै सामान्य लक्षण देखियो ।

म देशको कोभिड कमिटीको हिस्सा हुँ त्यसैले मैले कोरोनाका पोजेटिभ केस जतिपनि भेटिएका छन्, ती सबै डेल्टा भेरियन्टभन्दा पूर्ण रुपमा अलग भएको जानकारी कमिटीलाई दिएँ । त्यसपछि स्याम्पलको प्रयोगशालामा परीक्षण हुँदा थाहा भयो कि यो एउटा नयाँ भेरियन्ट हो ।

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको कारण मानिँदैछ । प्रारम्भिक प्रमाणमा यसको म्युटेशन निकै तीब्र गतिमा भइरहेको र पुनर्संक्रमणको खतरा पनि अत्यधिक भएको पाइएको छ ।

यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो । अघिल्लो बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई यसबारे जानकारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।