image
image

मनलाग्दी आयात गर्ने चाँदीमा परिमाणात्मक बन्देज

काठमाडौँ, १३, मंसिर । व्यवसायीले मनलाग्दी आयात गर्ने चाँदीमा परिमाणात्मक बन्देज लागेपछि एक पटकमा ३८ केजीमै सीमित हुने भएको छ । 

नेपाल राष्ट्र बैंकको चाँदी आयातमा परिमाणत्मक बन्देज लगाई ड्रफ्टरटि।टिको सीमा रकमले खाम्ने मात्र आयात गर्न पाइने व्यवस्था गरेको हो ।

पछिल्लो समयमा चाँदीको आयात उच्च भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई लगाम लगाउदै विदेशी विनिमय सञ्चितिमा देखिएको दबाबलाई समेत मद्दत गर्ने गरी नयाँ व्यवस्था गर्न लागेको हो । 

बैंकले प्रतिपत्र बाहेक ड्राफ्ट तथा टिटि मार्फत गरिने आयातको सीमा ३५ हजार अमेरिकी डलर तोकेको छ । मंगलबार नेपाल सुन चाँदी व्यावसायी महासंघले निर्धारण गरेको १० ग्राम चाँदीको मूल्यलाई आधार मान्दा एकपटको टिटिले करिब ३८ केजी मात्र चाँदी आयात गर्न सकिने देखिन्छ ।

व्यवसायीहरुले बैंक ग्यारेन्टी तथा स्ट्याण्ड वाई एलसी मार्फत ठूलो परिमाणमा चाँदी आयात गर्ने भएपनि अबदेखि एक पटकमा ३५ हजार अमेरिकी डलरको बराबरको मात्र आयात गर्न पाउने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।