image
image

१० वर्ष पछि अन्तिम चरणमा १४ करोडमा निमार्ण कार्य सुरु भएको पुल

काठमाडौँ, १४, मंसिर । कर्णाली करीडोर अन्तर्गत कालिकोट जिल्लाको कर्णाली नदीमा पर्ने खुलालु पुलको काम ९० प्रतिशत  सकिएको छ । आर्थिक बर्ष ०६८/६९ मा कन्काइ नेपाल प्रगती जेभी काठमान्डौंले निमार्णको जिम्मा पाएपछि सो पुलको निमार्ण कार्य सुरु भएको थियो । 

करिब १० वर्ष पछि पुलको  काम अन्तिम चरणमा पुगेपछि कर्णाली करीडोर अन्र्तगत पर्ने कालिकोट र बाजुरा जिल्ला लगाएत करीडोर आसपासका स्थानीयहरुमा खुसियाली छाएको छ । भ्याट सहित १४ करोडमा पुलको निमार्ण कार्य भएको जेभीका प्रतिनिधि दीपकराज मैनालीले बताए ।

विश्व व्यापी रुपमा फैलिएको कोरना महामारीका कारण पुल निमार्ण कार्यमा केही ढिलाइ भएको उनले बताए । मैनालीका अनुुसार पुल निमार्ण गर्दा आफुहरु संग सम्झौता अगाडि भएपनि काम भने २०७४ बाट सुरु भएको र आउने माघ १५ भित्र सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।