image
image

नेपाल आइपुग्यो थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप

काठमाडौँ, १४, मंसिर । कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये ७ लाख २५ हजार खोप काठमाडौं आइपुगेको हो । यहि हप्ता दुई चरणमा थप खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले अबको दुई चरणमा गरेर बाँकी खोप नेपाल ल्याइने बताए । नेपाल ल्याइएको उक्त खोप छिट्टै देशभर लगाउन थालिने उनको भनाइ छ । 

हालसम्म नेपालमा २ करोड ५५ लाख डोज खोप आइसकेको छ । जसमध्ये १ करोड ८१ लाख पाँच हजार ९५५ डोज खोप लगाइसकिएको छ । जसमध्ये ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकेका छन् । 

नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएसँगै खोप अभियान सुरु भएको थियो । तर, भारतले पछि खोप नदिँदा केही समय अभियान रोकिएको थियो । 

सरकारले आगामी चैतसम्ममा लक्षित सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । सोही आधारमा देशभर तोकिएका खोप केन्द्रमार्फत खोप लगाउने काम भइरहेको छ ।

सरकारले अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका, जोनसन एण्ड जोनसन गरेर चार प्रकारका खोप लगाइरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।