image
image

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयर सर्किट लेभलमा

काठमाडौँ १४ मङ्सिर  । । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १.६४ अंकले घटेको छ । बजार घटेर २ हजार ६ सय २८.३७  बिन्दुमा झरेको हो ।

त्यस्तै आज २२५ कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ शेयर ४१ हजार ५ सय  ८५ पटक कारोबार भएको छ । आज कूल १३ समूह मध्ये ६ समूह बाहेक सबै घटेका छन् ।  

आइसीएफसी फाइनान्सको सर्वाधिक १६ करोड कित्ता शेयर कारोबार भएकोे छ । ८९ वटा कम्पनीको शेयरमुल्य बढ्दा ८६ वटा कम्पनीको शयर मुल्य घटेको हो भने १४ वटा कम्पनीके शेयर मुल्य सिथ्र रहेको छ । 

नेप्से सामान्य अंकले घटे पनि सेन्सेटिभ इन्डेक्स भने सकारात्मक देखिएको छ । विकास बैंक, निर्जीवन बीमा कम्पनी, फाइनान्स, हाइड्रोपावर र अन्य कम्पनी को शेयर मुल्य बढेको छ भने बाँकी सबैकम्पनीको शेयर मुल्य घटेको छ । 

न्यादी हाइड्रोपावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा पुगेको छ भने तेह्रथुम पावर कम्पनी, महालक्ष्मी विकास बैंक,कर्पोरेट विकास बैंक, समिट लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाइड्रोपावर, आइसीएफसी फाइनान्स आदि कम्पनीको शेयर मुल्य बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।