image
image

लेवनानद्वारा सरकारीस्तरमा श्रम समझदारी प्रस्तावबारे निर्णय गर्न आग्रह  

काठमाडौँ, १५, मंसिर । लेवनानले सरकारीस्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न नेपालसँग आग्रह गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग मंगलबार लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गर्दै उक्त आग्रह गरेका हुन् । 

मन्त्रालयमा भएको भेटवार्तामा लेवनानमा कार्यरत नेपाली कामदारहरुको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भएको र त्यस क्रममा गोजायलले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

गोजायलले लेवनानमा रहेका नेपालीहरुको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने भन्दै श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।