image
image

एनसीसी बैंकको लाभांश घोषणा

काठमाडौँ, १५, मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श एनसीसी बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर १४ गते बसेको ८७३ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/०७८ बाट आफ्ना सेयरधनिहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापुंजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी ११ अर्ब नाघ्नेछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।