कुमारी बैंकका सीईओ तिमिल्सिनाको तलब १ करोड ३ लाख बढि
काठमाडौँ, १५, मंसिर । कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले १ करोड ३ लाख ३७ हजार ४ सय २३ रुपैयाँ तलब बुझेका छन् । भत्ताबापत ४७ लाख ७० हजार ३ सय २५ रुपैयाँ बुझेका हुन् । त्यसैगरी दशैँ भत्ता बापत १४ लाख ६६ हजार ९६ रुपैयाँ बुझेका छन ।
सञ्चित बिदाबापत १ लाख ३ हजार १ सय १९ रुपैयाँ र अन्य ४२ लाख ३९ हजार ५ रुपैयाँ गरी कुल २ करोड ३५ लाख ४५ हजार ९ सय ६८ रुपियाँ बुझेका छन् । यसैगरी, प्रमुख कार्यकारी अधिकृतलाई चालक तथा इन्धन सुविधा सहितको सवारी कर्जा, सवारी मर्मत भत्तासमेत उपलब्ध गराउँछ ।