विमानस्थलबाट दैनिक २० देखि २२ किलो सुन आयात
काठमाडौँ, १५, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २० देखि २२ किलोग्राम सुन आयात भइरहेको बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भने ‘केलाई अवैध भन्ने हो ? यहाँ त वैध रूपमा अवैध आयात भइरहेको छ । मैले केही दिनअघि मन्त्रालयका अधिकारीलाई अवैध सुन आयातको अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अवैध सुन आयात भइरहेको छ ।
विदेशबाट दैनिक हजारौं मानिसले वैधानिक रूपमा ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन हुने उनको भनाइ छ । हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोनबाट ल्याउन नदिनु पनि अन्याय हुन्छ, उनले भने, ‘ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अलिक समस्याको रूपमा छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।
अर्थमन्त्री शर्माका अनुसार विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रूपमा आयात भई बिक्री बितरण भइरहेको छ ।