image
image

प्रिओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि 

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ३ हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।

सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य  भने स्थिर रहेको छ। आजको उक्त सेसनमा १९ लाख ९ हजार ३५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।