image
image

लयमा फर्कियो नेप्से, कारोबार रकम भने बढ्न सकेन

काठमाडौँ, १५, मंसिर । नेपाल स्टक एक्सचेञ्जमा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.२८ अंकले बढेर दुई हजार ६ सय ३३ दशमलब ६६ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र न्यादि हाइड्रोपावर रहेको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१.४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ र न्यादि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५.६० रुपैयाँ पुगेको छ । 


त्यस्तै, आज आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज १४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।