image
image

कोभिडबाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई राहत

काठमाडौँ, १५, मंसिर। नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ । सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो । 

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।


पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर ९झण्डै दुई करोड ५० लाख रुपैयाँ० दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । सङ्घमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।

यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।

समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको छ भने । उनले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गरेका छन्। उनले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गरे । नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उनले जानकारी दिए ।

मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताए । यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उनले जानकारी गराए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।