image
image

२५ अर्ब बराबरको ट्रेजरी बिल खरीद गर्दै राष्ट्र बैंक

काठमाडौँ, १५, मंसिर। बैंकिङ प्रणालीमा रहेको तरलता अभाव व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब बराबरको ट्रेजरी बिल खरीद गर्ने भएको छ ।

फागुन मासान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिल बिक्री गर्न चाहाने वित्तीय संस्थाहरूले मंसिर १६ गते २ बजेसम्म बोलकबोलमार्फत सहभागी हुन सक्नेछन् । नेपाल राष्ट्र बैंकले प्राप्त आवेदनका आधारमा मंसिर १७ गते ट्रेजरी बिल खरिद गर्नेछ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडरको माथिल्लो सिमा स्थायी तरलता सुविधा, रिपो, रिभर्स रिपो, आउट राइट पर्चेज र आउट राइट सेल्स मार्फत बजारमा तरलता व्यवस्थापन गर्दै आएको छ ।

कोभिड १९ कारण रोकिएको अर्थतन्त्रले गति लिन थालेपछि अध्याधिकरुपमा कर्जा लगानी हुँदा बजारमा लगानीयोग्य रकम तरलता अभाव हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले सीडी अनुपात कार्यान्वयनमा ल्याएपछि तरलता अभाव देखाउदै बैंक वित्तीय संस्थाले ब्याजदर बढाएपनि राष्ट्र बैंकले ब्याजदरमा स्थायित्व कायम गर्न ब्याजदरमा हस्तक्षेप गरेको छ ।

रेमिटान्समा आएको गिरावट, आयातमा भएको बृद्धि र सरकारले खर्चको तुलनामा बढि राजस्व संकलन गरेकाले तरलता अभावको समस्या थप जटिल बन्दै गएको हो । मौद्रिक नीतिको पहिलो त्रैयमासिक समिक्षा मार्फत राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । वस्तु आयातका लागि एलसी खोल्दा अनिवार्यरूपमा नगद रिजर्भ राख्नुपर्ने व्यवस्था गरेको छ भने डीएपी र डीडीएको भुक्तानी सीमा १ लाख डलरबाट घटाएर ५० हजार डलर कायम गरेको छ । यसैगरी विदेशी निक्षेप भित्र्याउन चाहाने गैह्रआवसीय नेपालीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था समीक्षामार्फत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।