image
image

ओमिक्रोन भरियन्ट दक्षिण कोरियासहित २४ देशमा फैलियो 

काठमाडौँ, १६, मंसिर । कोरोना भाइरस (कोभिड–१९) महामारी संक्रमणबाट देखिएको अर्को नयाँ भाइरस डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ ।  इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरियन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकामा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 

बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ ।

नयाँ भेरयन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।