image
image

कोरानाविरुद्धखोप लगाएका व्यक्‍तिमा पनि ओमिक्रोन संक्रमण

काठमाडौँ, १६, मंसिर । अमेरिकामा पनि कोरोना भाइरस महामारी संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो ।अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

 ती व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेको तर उनको सम्पर्कमा आएका मानिसमा भने कोरोना नेगेटिभ देखिएको फाउचीले बताए ।फाउचीका अनुसार कोरोना खोपको पूर्ण डोज लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भएको र ‘माइल्ड लक्षण’ देखिएका उनको स्वास्थ्यमा हाल सुधार भइरहेको फाउचीको भनाइ थियो । सान फ्रान्सिस्कोका जनस्वास्थ्य निर्देशक डा। ग्रान्ट कोलफ्याक्सले संक्रमित व्यक्तिले बुस्टर डोज भने नलगाएको बताए ।

यसै हप्ता विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर जोखिम बढेको बताएको थियो । संगठनका अनुसार हालसम्म २३ वटा मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ ।तर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट ‘चिन्ताको विषय भए पनि डराइहाल्नु पर्ने कारण’ नभएको बताएका थिए ।

नयाँ ओमिक्रोन भेरियन्टबाट मानिसहरू गम्भीर रुपले संक्रमति हुने वा नहुने र हालका खोपले काम गर्ने वा नगर्ने भनेर स्पष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।