image
image

शेयर बजारमा भारी अंकको गिरावट, ३ अर्बको कारोबार

काठमाडौँ  १६ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज बिहिबार ४९ अंकले घटेको छ । बुधबारबाट सामान्य अंकले सुधार आएको  शेयर बजारमा आज फेरी गिरावट आएको हो । आज नेप्से १.८६ प्रतिशतले घटेर दुई हजार ५ सय ८४ दशमलब ६१ विन्दुमा पुगेको हो । आज ३ अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र न्यादि हाइड्रोपावर रहेको छ । त्यसैगरी  मानुषी लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड, सबैको लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयरमूल्य बढेको हो । सामलिङ पावर कम्पनीको शेयरमुल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ५०७.५० रुपैयाँ पुगेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३.१० रुपैयाँ पुगेको छ । 


त्यस्तै, आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १२ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।   
 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।