स्टारलिङ्कले बढायो इन्टरनेट स्पिड,कति एमबीपीएस पुग्यो ?
काठमाडौँ ११ फागुन- इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले इन्टरनेट सेवा बढाउने बताएको छ । कम्पनीका अनुसार यस वर्षको अन्त्यसम्ममा इन्टरनेट गतिलाई दुई गुणाले बढाइने छ । हाल उक्त कम्पनीले ५० देखि १५० एमबीपीएसको बीचमा स्पिड प्रदान गर्ने बाचा गरेको छ ।
मस्कले ट्वीटमा लेख्दै अब इन्टरनेट ३०० एमबीपीएसमा पुर्याउने उद्देश्य रहेको बताएका छन् ।यस्तै मस्कले न्यूनदेखि मध्यम जनघनत्व भएका क्षेत्रलाई लक्षित गरेर ३०० एमबीपीएसमा पुर्याउने निर्णय भएको बताएका छन् ।
त्यस्तै उनले ल्याटेन्सी पनि २० एमएससम्म सुधार हुने बताएका छन् । हाल स्टारलिङ्कको ल्याटेन्सी ३४ र ४४ एमएस छ । स्टारलिङ्कको वेबसाइटले भने बेटाको समयमा यसलाई २० देखि ४० एमएसको बीचमा ल्याउने अपेक्षा गरेको छ ।