image
image
डेढ अर्बको लगानीमा अस्पताल भवन निर्माण

डेढ अर्बको लगानीमा अस्पताल भवन निर्माण

काठमाडौँ, १८, मंसिर । मेडिकल सिटीको रूपमा परिचित भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेसनल सिटी हस्पिटलले आधुनिक प्रविधि सहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा शहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार ७ तले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०० जना शेयर धनी रहेको अस्पतालको संस्थागत शेयर धनीका रूपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । उनले भने, ‘जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुनेछ ।

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ ।मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रूपमा यसलाई विकास गर्न लागिएको छ ।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार  १३ वर्षअघि ५ करोड रुपैयाँको लागतमा नारायणगढमा स्थापना गरिएको अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करीब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ ।

अस्पतालले जग्गा आफैंले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिए ।कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।