image
image

८ महिनापछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य  

काठमाडौँ, १८, मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीबाट करिब आठ महिनामा नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ । गत २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । 

यसअघि चैत २७ गते कोरोना संक्रमित मृतकको संख्या शून्यमा झरेको थियो । गत २४ घण्टामा २४६ जना संक्रमित भेटिदा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

खोपको पहुँच र प्रभावकारिता बढ्दै गएकाले मृतकको संख्या शून्यमा झरेको हुन सक्ने मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले बताए ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।