image
image
बाँकेका ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाँकेका ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, १८, मंसिर । बाँकेमा ५३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्। दोस्रो डोज लगाउने ३६ प्रतिशत रहेका छन्।जिल्लामा ६ लाख १५ हजार ७२८ जना रहेकोमा एक लाख ८८ हजार ४५१ जनाले पहिलो खोप लगाएका छन्। जिल्लामा अब पहिलो डोज लगाउन बाँकी एक लाख ६३ हजार २१२ जना रहेका छन्।

पहिलो र दोस्रो कोरोना लहरमा ‘हटस्पट’ बनेको बाँकेमा प्राथमिकताका साथ खोप लगाउने काम भइरहेको छ। जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार जिल्लामा ३६ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन्। जिल्लामा एक लाख २६ हजार ८२० जनाले दोस्रो डोज खोप लगाइसकेका छन्। ६१ हजार ६३१ जनाले खोपको दोस्रो डोज लगाउन बाँकी रहेको छ।

बाँकेमा १८ वर्षमाथिका ३ लाख ५१ हजार ६६३ जना रहेका छन्। पालिकामा नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो डोज ५८ प्रतिशतले लगाएका छन्। यहाँका ५५ प्रतिशतले दोस्रो डोज लगाएका छन्।

कोहलपुर नगरपालिकामा ६२ प्रतिशतले पहिलो र ४३ प्रतिशतले दोस्रो डोज लगाएका छन्। बैजनाथ गाउँपालिकामा ५० प्रतिशतले पहिलो र ४१ प्रतिशतले दोस्रो डोज लगाएका छन्। डुडुवा गाउँपालिकामा पहिलो डोज ४६ प्रतिशत र दोस्रो डोज २२ प्रतिशत, जानकी गाउँपालिकामा पहिलो डोज ४७ प्रतिशत र दोस्रो डोज २६ प्रतिशत, खजुरा गाउँपालिकामा ५७ प्रतिशतले पहिलो र दोस्रो डोज ३२ प्रतिशतले लगाएका छन।

त्यस्तै नरैनापुर गाउँपालिकामा पहिलो डोज लगाउने २७ प्रतिशत र दोस्रो डोज १६ प्रतिशत र राप्ती सोनारीमा पहिलो डोज ५० प्रतिशत र दोस्रो डोज दुई प्रतिशतले लगाएका छन्। राप्ती सोनारीको दोस्रो डोज लगाउनेको पछिल्लो तथ्यांक अद्यावधिक भइसकेको छैन।

बाँके लुम्बिनी प्रदेशमा बढी खोप लगाउनेमा तेस्रो स्थानमा परेको छ। स्वास्थ्य अधिकृत श्रेष्ठले अब खोप लगाउने मानिसले इच्छाएको खोप लगाउन पाउने बताए। स्वास्थ्य अधिकारीले खोपको कभरेज ६६ प्रतिशत पुर्याउन निर्देशन दिएको छ। खोपको कभरेज नरैनापुरमा कम भएकाले त्यहाँ खोप लगाउन प्राथमिकता दिने श्रेष्ठले बताए।

उनका अनुसार माघदेखि बच्चालाई लगाउने नियमित खोप जसरी कोरोनाको खोप लगाइनेछ।

नेपालगञ्ज नाकामा भारतबाट आउनेले उता जुन खोप लगाएका छन् त्यही खोपको व्यवस्था गर्ने तयारी भएको छ। अहिलेसम्म भारतमा कोभिशिल्ड पहिलो डोज लगाउनेहरुले नेपालमा आउँदा कोभिशिल्ड लगाउन पाएका छैनन्। नाकामा चिनियाँ भेरोसेल खोप उपलब्ध गराइएको छ। अब नाकामा कोभिशिल्ड र भेरोसेल दुवै खोप व्यवस्था गरिने श्रेष्ठले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।