image
image

श्रीलंकामा पनि देखियो ओमिक्रोन, बेलायतमा हालसम्म ४२ जनामा पुष्टि  

काठमाडौँ, १८, मंसिर । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । 

यस्तै बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

यता ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओले जनाएको छ । विश्वभरिबाट संकलन गरिएको ओमिक्रोनबाट संक्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको उसले जनाएको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।