image
image

 ६०० रुपैयाँले घट्यो यो साता सुनको मूल्य 

काठमाडौँ, १८, मंसिर । यो साता सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो । जुन, प्रतितोला ६०० रुपैयाँको गिरावट हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९० हजार ८०० रुपैयाँमा आइपुगेको छ । 

साताको पहिलो कारोबार दिन आइतबार मूल्य बढेर कारोबार खुलेपनि त्यस पछाडिका दिनमा निरन्तर मूल्य घटिरह्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य पनि यो साता घटेको छ । हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यो, साताभर चाँदीको मूल्यमा आएको ३५ रुपैयाँको गिरावट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।