जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जनमा वृद्धि, कति प्रतिशत भयो ?
काठमाडौँ ११ फागुन- जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जनमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष को को दोस्रो त्रैमासिकमा जीवन बिमा कम्पनीहरूको बिमाशुल्क संकलन ३७ प्रतिशतले बढेको हो । १९ कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूले यो अवधिमा ५६ अर्ब ६९ करोड बिमाशुल्क संकलन गरेका छन् ।
गत आवको यही अवधिमा कम्पनीहरूले ४१ अर्ब ३७ करोड संकलन गरेका थिए । त्यस्तै चालू आवको पुस मसान्तसम्ममा सानिमा लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको बिमाशुल्क संकलन दुई गुणा बढेको छ । समीक्षा अवधिमा सानिमा लाइफ इन्स्योरेन्सले ९५ करोड ६३ लाख बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख आर्जन गरेको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सले चालू आवको ६ महिनामा २ अर्ब ११ करोड संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा दुई गुणा बढी हो । सो अवधिमा कम्पनीले ९५ करोड ७७ लाख बिमाशुल्क संकलन गरेको थियो । आइएमई लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि दोब्बर बिमाशुल्क संकलन गर्न सफल भएका छन् ।
कुन कम्पनीको कति ? हेर्नुहोस तालिका