काठमाडौँ उपत्यकामा कति भेटिए कोरोना संक्रमित
काठमाडौँ, १८, मंसिर । काठमाडौँ उपत्यकामा १५८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित छन्।यस्तै, काठमाडौं उपत्यकामा १७२६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय संक्रमित छन्।
नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
५ हजार २९५ जनाको पिसिआर परीक्षण र १५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।नेपालमा हाल ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्।३९२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।