image
image

जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १८ प्रतिशतले बढ्यो

काठमाडौँ १९ मंसिर  । आर्थिक वर्ष २०७७ को कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ३३ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालु आवको कात्तिक मसान्तसम्म १७.९७ प्रतिशतले बढेर ३९ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। 

त्यस्तै निर्जीवन कम्पनीहरूको चुक्ता पुँजी आव २०७७ कात्तिक मसान्तसम्म १८ अर्ब ३८ करोड १२ लाख रुपैयाँ रहेकामा चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा ७.९६ प्रतिशतले बढेर १९ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। 

हालसम्म जीवन बीमालेखको संख्या ८९ लाख ३० हजार ८ पुगेको छ। यो चालु आवको कात्तिक मसान्तसम्मको संख्या हो। २०७७ कात्तिक मसान्तसम्ममा ७० लाख ३८ हजार २ सय वटा बीमालेख जारी भएको थियो। 

गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको कात्तिक मसान्तसम्म बीमालेखको संख्या २६.८८ प्रतिशतले बढेको बीमा समितिले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।