image
image

मोबाइल मनी एप्प सार्वजनिक हुँदै, अब टेलिकमका फाेन नम्बर नै मोबाइल वालेट

काठमाडौं ११ फागुन  । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक मोबाइल एप्प्प  तयार गरेको छ ।राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुने लागेको उक्त कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार उक्त एप्प फागुन १२ अर्थात भोलि नेपाल राष्ट्र बैंकले अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।राष्ट्र बैंकले उक्त एप्प्पको अवलोकन गरेसँगै अनुमतिको प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ । यसअघि उक्त कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि पुस २६ गते राष्ट्र बैंकमा निवेदन पेश गरेको थियो । त्यसका आधारमा राष्ट्र बैंकले कम्पनी दर्ता, कार्यालय, कर्मचारी, सफ्टवेयर, नेटवर्क लगायतको आवश्यक अध्ययन गरिसकेको उल्लेख गरिएको छ ।

 त्यस्तै बाँकी रहेको एप्प अध्ययन पश्चात मोबाइल भुक्तानी सेवाका लागि अनुमतिपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त अनुमति पश्चात डिजिटल पेमेन्ट कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने गरी सेवा सुरु गर्नेछ । जसबाट सहजै विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।

प्राप्त जानकारी अनुसार मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ । रिचार्जमा दूरसञ्चार सेवा शुल्क लगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।