image
image

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ  १९ मङ्सिर  ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ८९ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज ४ अर्ब ९ करोड ७ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार नेप्सेमा उच्च गिरावट भए पनि आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा न्यादि हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ ।  


त्यस्तै, आज आईसीएफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।