image
image

नेपाल बैंकको १७५ लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौँ, २०, मंसिर । नेपाल बैंक लिमिटेडले मिति भोलि (मंसिर २१) गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ को १४ प्रतिशत अर्थात रु.१ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २ सय ७.३६ बराबरको बोनस शेयर तथा ३ प्रतिशत अर्थात रु.३७ करोड ९१ लाख २ हजार ७ सय ५८.७२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्न लागेको हो ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ पौष २ गते हुने ६२ औं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।