नेपालमा उत्पादित धागोको निर्यात बढ्दो
काठमाडौँ, २०, मंसिर । विश्व बजारमा नेपालमा उत्पादित धागोको निर्यात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक विश्लेषण गर्दा नेपालमा उत्पादित धागोको माग बढ्न थालेको देखिएको हो ।
चालू आर्थिक वर्षको कात्तिक महिनासम्म पाँच अर्ब ४२ करोड रुपैयाँ मूल्य बराबरको धागो निर्यात भएको छ । साउनदेखि कात्तिक (चार महिना अवधि) भित्र उल्लेखित रकम बराबरको धागो निर्यात भएको हो । चार महिनाभित्र निर्यात भएको धागोको परिणाम गत आर्थिक वर्षको कात्तिक महिनासम्मको निर्यात तथ्यांकभन्दा ६० करोड रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको कात्तिक महिनासम्म नेपालबाट जम्मा चार अर्ब ८२ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको थियो । गत आर्थिक वर्षभर नेपालबाट भारत र टर्कीमा आठ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धागो निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्ष २०७८र७९ मा बढेर १२ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान व्यवसायहरूले गरेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष विदेशमा नेपाली धागोको माग बढ्न थालेकाले निर्यात बढ्ने उनीहरूको आँकलन छ ।
नेपालमा जम्मा तीनवटा उद्योगले धागो उत्पादन र निर्यात गर्दै आइरहेका छन् । रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिवेणी स्पिनिङ मिल्सले धागोको उत्पादन र निर्यात गर्दै आइरहेका हुन् । यी तीन उद्योगले उत्पादन गर्ने धागो दक्षिण छिमेकी मुलुक भारत र टर्कीमा निर्यात भइरहेको जगदम्बा स्पिनिङ मिल्सका अध्यक्ष विष्णु न्यौपानेले बताए ।