प्रि ओपन सेसनमा ः नेप्से परिसूचकमा सामान्य गिरावट, कतिको कारोबार ?
काठमाडौँ, २०, मंसिर । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९१ अंकले घटेको छ । यससँगै नेप्से सूचक २५०८.९६ विन्दुमा आइपुगेको छ । ६ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ११ सय ४३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने ५ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।









