प्रि ओपनमा ७३ अंक घटिसकेको बजारमा उत्साह
काठमाडौँ २० मङ्सिर। पहिलो एक घण्टामै बजार ७३ अंक घटिसकेको बजारमा पछिल्लो १५ मिनेटको कारोबारले उत्साह ल्याएको छ।एक घण्टासम्म एक अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएकोमा पछिल्लो १५ मिनेटमा करिब ७५ करोड रुपैयाँको सेयर कारोबार भएपछि बजार फर्किएको छ।
पहिलो घण्टामा कारोबारमा आएका पाँच कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य घटेको थियो। २० हजार पटक सेयर किनबेच हुँदा २५ लाख कित्ता सेयर एक अर्ब रुपैयाँमा किनबेच भएका थियो।
जोशी र न्यादी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। सामलिङ पावर, युनाइटेड इदी मर्दी र मैलुङ खोला हाइड्रोपावरको सेयर मूल्य ८/८ प्रतिशत घटेको छ।
नबिल बैंकको सर्वाधिक ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेशनल हाइड्रोपावरको पाँच करोड रुपैयाँको कारोबार हुँदा माथिल्लो तामाकोशी, हिमालयन डिष्टिलरी र अपि पावरको समान ४/४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै उपसमूह राताम्मे भएको बजारमा जीवन र निर्जीवन बीमा समूह ३०० अंक भन्दा धेरै घटेका छन्।
पछिल्लो १५ मिनेटको कारोबारमा भने ५० अंकको सुधार सहित नेप्से २४९० बिन्दुमा उक्लिएको छ। ४० कम्पनीको सेयर मूल्य हरियो भएको छ।