भारतमा ओमिक्रोन संक्रमितको संख्या २३ पुग्यो
काठमाडौँ, २१, मंसिर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा भारतमा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ । यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो । शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो ।
तर जयपुरमा एकै परिवार ९ सदस्य र मुम्बईमा सात जना र दिल्लीमा एक व्यक्तिमा यो भेरियन्ट पुष्टि भएको थियो । यस्तै सोमबार महाराष्ट्रमा दक्षिण अफ्रिकाबाट फर्किएका ३७ वर्षीय व्यक्ति र अमेरिकाबाट फर्किएकी ३६ वर्षीया उनकी साथी ओमिक्रोनद्वारा संक्रमित भएको पुष्टि भएको छ ।
त्यसपछि महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या १० पुगेको छ ।