image
image

नेप्सेमा भारि गिरावट हुँदा अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि

काठमाडौँ  २१ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आजको कारोबार शुरु भएदेखि वृद्धि भएको नेप्से अन्ततः घटेर बन्द भएको हो । सोमबार भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो ।  

आज नेप्से ३७.१८ अंकले घटेर दुई हजार ५ सय ८ दशमलब ९१ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज ३ अर्ब १२ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।  साथै आज कूल १३ समूह मध्ये २ समूह बाहेक सबै घटेका छन् । 


नेप्सेका अनुसार आज अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ ।त्यस्तै, आज आईसीर्एफसी फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रइम कमर्शियल बैंकको भएको छ । यस बैंकको आज १२ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।