image
image

नेप्सेमा ११ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं १२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स कम्पनी र स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूर्चीकृत भएको हो ।  

नेप्सेका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

आईसीएफसी कम्पनीले यो बोनस शेयर गत पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाबाट पारित गराएको थियो । उक्त सभाबाट पारित कर समेतको ४ दशमलव ५ प्रतिशत नगद लाभांश भने पुस २९ गतेदेखिनै जम्मा गर्न सुरु गरेको थियो । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा  कम्पनीको बोनस शेयर पनि कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।