image
image

नेप्सेमा पहिरो, कारोबार पनि न्युन 

काठमाडौँ २२ मङ्सिर । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथोे दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५३.१० अंकले घटेर दुई हजार ४ सय ५५ दशमलब ८१ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज २ अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 


नेप्सेका अनुसार आज सामुदायि लघुवित्त र एकसेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस बैंकको आज ११ करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।