image
image

 अति विपन्न २२१ जनालाई नगरपालिकाले रोजगारि दिने

काठमाडौँ  २२ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अति विपन्न २२१ जनाले रोजगार पाउने भएका छन् । फारम भरेका ९१२ मध्ये नगरपालिकाको रोजगार सेवा केन्द्रमा २२१ जना छनौट गरीएको हो ।

छनौट भएकालाई प्राथमिकिकरण योजना अन्तर्गत सडक, यातायात, खानेपानी, वन तथा वातावरण, पर्यटकीय क्षेत्रमा जाने रोड, सामुदायिक वनको लागत साझेदारी अनुसार वनमा भेसवायर जाली, पोखरी निर्माणजस्ता काम हुने बताईएको छ ।

त्यस्तै छनौटमा परेका व्यक्तिले एक सय दिनसम्म वडामा हुने सडक, नाली निर्माणमा काम गर्नुपर्ने र सो बापत एक जनालाई दैनिक ज्याला ५७७ रुपैयाँ दिइने रोजगार सेवा केन्द्रका सवईन्जिनियर दिपा पन्तले बताइन् ।  

छनौटमा परेका व्यक्तिमध्ये कोही अनुपस्थित भए फारम भरेका मध्येबाट २२२ देखि गणना गरी रिक्त स्थानमा पुनः छनौट गरिने उनले बताइन् ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।