image
image

चार महिनामा १० करोड बढीको विद्युतीय चुलो आयात

काठमाडौँ २२ मङ्सिर । चालु आर्थिक वर्षको चार महिना सम्ममा १० करोड भन्दा बढी मूल्यको विद्युतिय चुलो आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार भारत र चीनबाट १० करोड २९ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय चुलो आयात भएको हो ।

जसमा ६ करोड ४४ लाख ९० हजार बराबरको २७ हजार ७०२ इन्डेक्सन चुलो र ३ करोड ८५ लाख ५ हजार बराबरको १७ हजार २४४ इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ ।

आयात भएको विद्युतीय चुलो मध्य सबैभन्दा बढी चीनबाट भित्रिएको हो । चार महिनामा चीनबाट मात्रै ९ करोड १ लाख ९७ हजार रुपैयाँ बराबरको ३८ हजार ६०४ वटा विद्युतिय चुलो आयात भएको हो ।

जसमा ५ करोड १६ लाख ९२ हजार बराबरको २१ हजार ३६० वटा इन्डक्सन चुलो र १७ हजार २४४ वटा ३ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको इन्फ्रारेड चुलो आयात भएको हो । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।