image
image

नेप्से लगातार ओरालो 

काठमाडौँ, २३, मंसिर । बुधबार नेप्से परिसूचक दुई हजार पाँच सयको बिन्दुबाट फर्किएर दुई हजार चार सयको बिन्दुमा ओर्लिएको छ । सो दिन नेप्से सूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ बिन्दुमा थामिएको हो । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ३३ अंकले घटेर चार सय ६४ दशमलव ८० बिन्दुमा पुगेको छ । 

बजार फर्किने र पुनः घट्ने क्रम अझै नरोकिँदा विशेषगरी साना लगानीकर्ताको धैर्य टुट्न थालेको छ । सेयर कारोबार एकपछि अर्को गरी गिरावट आइरहेको अवस्थामा टेको लाग्ने बिन्दु पाउन नसकेको देखिन्छ ।  फलस्वरूप बजारमा गिरावटको क्रम रोकिएको छैन । बुधबार एक सय ८१ वटा कम्पनीको मूल्य घट्दा सातवटा कम्पनीको मूल्य मात्र सकारात्मक बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।