image
image

बैंकहरुमा तरलता अभाव चर्कियो  

काठमाडौँ, २३, मंसिर । नेपाली बैंक तथा वित्तिय संस्थाहरुले मंगलबार एकै दिन आधा खर्ब रुपैयाँ सापटी लिएका छन्। तरलता अभाव चर्किएर अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले  ४९ अर्ब ८४ करोड रुपैयाँ सापटी चलाएका हुन्। 

उनीहरुले ५ प्रतिशत ब्याज तिरेर एक साता अवधिको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएको नेपाल राष्ट्रबैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार,मंगलबारसम्म गरेर चालु आर्थिक वर्ष २१ खर्ब ४६ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।

बैंकहरुले मंगलबार ओभर नाइट रिपो एक अर्ब २३ करोड रुपैयाँ लिएका छन्। यो तीन वटा संस्थाले प्रयोग गरेको हो। चालु वर्ष ६१ अर्ब ८४ करोड ४९ लाख ५० हजार रुपैयाँ लिइसकेका छन। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।