रानीमहललाई ‘हेरिटेज होटल’ बनाउने प्रस्तावको विरोध
काठमाडौँ १२ फागुन- पाल्पामा अवस्थित रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक भएको छ । पर्यटन क्षेत्रमा विविधीकरण खोज्ने र भारतीय पर्यटक भित्त्याउने बहानामा बोर्डका प्रमुख कायर्कारी अधिकृत डा.धनञ्जय रेग्मीले रानीमहल दरबारमा हेरिटेज होटलमार्फत नवजोडीको लागि हनिमुन गन्तव्य बनाउने प्रस्ताव ल्याएका छन्। यो प्रस्तावको पाल्पाका सर्वसाधारणदेखि उच्च व्यक्तिले विरोध गरेका छन्।
होटल सञ्चालन गर्दा पुरातत्त्व, ऐतिहासिकता, अपनत्व सबै हराउने भन्दै विरोध जनाएका हुन् । बोर्डले ३० करोड रुपैयाँमा होटलसहित कालीगण्डकीमा पर्यटकीय संरचना निर्माण गर्ने प्रस्ताव सारेपछि होटल एसोसिएसन अफ नेपाल (हान)ले रानीमहल दरबारभित्र होटल सञ्चालन गर्नु नहुने भन्दै विरोध जनाएको छ।
त्यसतै नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश सांसद वीरबहादुर रानाले रानीमहल दरबारमा कुनैपनि हालतमा होटल राख्न नहुने बताएका छन् । विगत दुई वर्षदेखि तानसेन नगरपालिकाले रानीमहल दरबारको रेखदेख गर्दै आएको रानीमहललाइ होटलका रूपमा प्रयोग गर्दा सानो पक्षलाई फाइदा भए पनि समग्र जनताको हितमा नहुने भन्दै विरोध भएको हो ।