image
image

परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्दछ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ २४ मङ्सिर ।  पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएको छ ।

‘गाउँको उत्पादन सहरमा, सहरको पूँजी गाउँमा’ को नारासहित स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको आज पोखरा–८ नागढुङ्गामा उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रको विकासका माध्यमबाट उत्पादन वृद्धि गर्दै परनिर्भर अर्थतन्त्रलाई बदल्नु आवश्यक रहेको उल्लेख गरे । 

 उनले भने,“नेपालको आयात÷निर्यातको अनुपात दशकौँ अघिदेखी बढेको छ । छिमेकी मुलुकहरुमा कृषि क्षेत्रमा राज्यले ठूलो मात्रामा अनुदान दिएकाले उत्पादन सस्तो छ, खुला सिमानाका कारणबाट समेत छिमेकबाट कृषिजन्य बस्तुको आयात बढ्दा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि हुनु आवश्यक छ । ”

कृषि क्षेत्रको विकासको आफ्नो नियम रहेकाले त्यसलाई आत्मसाथ गर्नु जरुरी रहेको बताउँदै भट्टराईले पुरानो व्यवस्था र संरचना भत्काउनका लागि आफूहरुको पुस्ताको योगदान रहेपनि नयाँ बनाउने तर्फ खासै योगदान नभएको उल्लेख गरे । 

“पुरानो राज्य व्यवस्था संरचना भत्काउन हाम्रो पुस्ताले योगदान गरेको हो । तर पुरानो भत्काउनु र नयाँ बनाउनु अलग हो । नयाँ बनाउन अलि मिलेको छैन  विज्ञ भनिने साथीहरुमा पनि विज्ञतालाई समयानुकल प्रयोग गर्ने सन्दर्भमा कमी देखिएको छ”, उनले भने ।

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकारले कृषि उत्पादन वृद्धिको कार्यक्रम ल्याएको बताए । 

 उत्पादनका आधारमा अनुदान, कृषि उपकरणमा सहयोग, कृषिको यान्त्रीकरण लगायतमा कृषकलाई सहयोग गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो । 
 
मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउने उद्धेश्यले विसं २०७५ मा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा कम्पनीको स्थापना गरिएको बताए । 
 
गुणस्तरीय कृषि सामग्रीहरु मल, बीउ, कृषि औजार, विषादीहरु र सिँचाई उपकरणमा कृषकलाई सहयोग उपलव्ध गराउँदै कृषकको खेतबारीमा उब्जनी भएको कृषि उपजहरुलाई बजारसम्म पहुँच अभिवृद्धिका लागि कम्पनीले काम गर्ने उनले जानकारी दिए ।

  “देशमा कृषि उद्यमको विकास गरी बढीभन्दा बढी कृषकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएका छौँ”, कार्यकारी अध्यक्ष ढकालले भने,“कृषि व्यवसाय गर्न चाहने सहकारी, कृषि कम्पनी तथा फार्महरुलाई सहयोग तथा प्रवद्र्धनका माध्यमबाट स्थापित गर्ने गरी अघि बढेका छौँ ।”

कम्पनीका सचिव रामशरण तिमिल्सिनाले कृषक र कृषि व्यवसायीहरुलाई आवश्यक पर्ने वित्तिय तालिम, व्यावसायिक योजना निर्माण र अन्य वित्तिय सेवामा सहजीकरण गरिने बताए । 

 उनका अनुसार कम्पनीमा हाल संस्थापक शेयरधनी ८६३ जना रहेको र पूँजी रु एक अर्व रहेको छ । कम्पनीमा मुक्तिनाथ विकास बैंकको रु २५ प्रतिशत लगानी रहेको बताइन्छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।