कांग्रेसको १२ करोड रुपैयाँ मौज्दात
काठमाडौँ २५ मङ्सिर । नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । १ वर्षे मुद्दती निक्षेपमा १० करोड र बचतरचल्ती खातामा २ करोड जम्मा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
२०७२र०७३ यता ४ करोड ९२ लाख ८७ हजार ३३९ रुपैयाँ वृद्धि भएको हो । १४औं महाधिवेशनमा पेश भएको प्रतिवेदनअनुसार कांग्रेसको सबै खर्च कटाएर कम्तीमा ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ बचतमा छ ।
गत आर्थिक वर्षसम्म ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेकोमा ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको जनाएको छ । २०७६र०७७ मा चुनावका लागि र गत आर्थिक वर्ष कोभिड महामारी नियन्त्रणका लागि चन्दा तथा सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा खुद स्थिर सम्पत्ति ५ करोड ५४ लाख ४३ हजार ४१० रुपैयाँ बराबर पुगेको देखिन्छ । २०७२र७३ मा सम्पत्ति ६ करोड ६० लाख ६९ हजार ७२८ रुपैयाँ थियो ।
खर्चलगायत दायित्व पूरा गरिसकेपछिको यस्तो सम्पत्ति भने १ करोड ६ लाख २६ हजार ३१८ रुपैयाँले घटेको देखिन्छ । कांग्रेससँग नगद र नगदमा परिणत हुने खुद चालू सम्पत्ति ११ करोड ४८ लाख ७४ हजार ६७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । खुद स्थिर र चालू गरी कांग्रेससँग जम्मा सम्पत्ति १७ करोड ३ लाख १८ हजार १७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
नवीकरण दस्तुरबापत ४ करोड ४० लाख, कुपन तथा प्रकाशन बिक्रीबापत ४ लाख ५० हजार, अन्य आय १४ लाख ५० हजार गरी ४ करोड ५९ लाख रुपैयाँ आय रहेको प्रतिवेदनमा समावेश छ । आयबाट कर्मचारी र प्रशासनिकतर्फ २ करोड ४८ लाख रुपैयाँ खर्च भएको कांग्रेसले जनाएको छ ।खर्च कटाएर २ करोड ११ लाख रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ ।