image
image

आकाशियो दैनिक उपभोग्य  वस्तुको  मूल्य, के कतिले बढ्यो ?

काठमाडौँ २५ मङ्सिर । पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य आकाशिएको छ ।  दैनिक  उपभोग्य वस्तु  महँगो  हुँदा यसको  प्रत्यक्ष  मारमा  सर्वसाधारण उपभोक्ता  परेका  छन्।नेपाल  खुद्रा  व्यापार  सङ्घका  कार्यवाहक अध्यक्ष  अमुल  तुलाधरले  पछिल्लो  समयमा  घिउ, तेल, चिनी, गेडागुडी महँगिएको बताए ।

नेपाल  राष्ट्र  बैङ्कले  सार्वजनिक  गरेको पछिल्लो   तीन   महिनाको   प्रतिवेदनमा   पनि खाद्यवस्तुुको  मूल्य  वृद्धि  ३१  दशमलव  ६८ प्रतिशतसम्म  भएको  तथ्याङ्क  सार्वजनिक  गरेको छ। राष्ट्र बैङ्कका अनुसार चालुू आर्थिक वर्षको साउन–असोजमा  घिउ,  तेल  मूल्य  ३१  दशमलव ६८ प्रतिशत बढेको छ। सो प्रतिवेदनअनुसार माछा मासु ११ दशमलव ९५ प्रतिशत, दाल गेडागुडी १० दशमलव  ७१  प्रतिशत  र  गैरमदिराजन्य  पदार्थ  ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।