image
image

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी

काठमाडौँ २५ मङ्सिर। लमजुङमा हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो ।


हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५८० हुलाक टिकट बिक्रीबाट उक्त रकम आम्दानी गर्न सफल भएको हो । उनले भने, “हामीले एकदेखि १०० रुपैयाँसम्मका टिकट बिक्री गर्ने गरे पनि सबैभन्दा बढी रु १० र २० का टिकट बिक्री हुने गरेको छ, पहिलाको जसरी टिकट बिक्री हुन छाडेको छ, गत आर्थिक वर्ष २०७७-७८ को साउनदेखि असारसम्म सात लाख १६ हजार ३०० हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।”

सो अवधिमा ८२ हजार ३८५ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट सो रकम आम्दानी भएको हुलाक कार्यालयका खरिदार सोतीले बताए । त्यस्तै आर्थिक वर्ष २०७६-७७ मा हुलाक कार्यालयले टिकट बिक्रीबाट रु पाँच लाख ७७ हजार १०० आम्दानी गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त रकम पाँच हजार ४५३ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।-रासस

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।